विप्लवलाई भट्टराईको व्यङ्ग्य : विप्लवको आन्दोलन बाँदरले मान्छेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको जस्तै भयो



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द विप्लव समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । चन्द नेतुत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने भट्टराईको भनाइ छ ।

विप्लव नेतुत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भइरहेको बेला भट्टराईले वार्ताको कुरा उठाएका हुन् । २३ मंसिरमा विप्लव नेतुत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रं श्रेष्ठको हत्या गरेको थियो ।

शुक्रबार साँझ एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चन्द समूहको आन्दोलनलाई नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यङ्ग्यसमेत गरेका छन् । यसका अलवा उनलेचन्द समूहलाई गलत नीति त्यागी वार्तामा आउन सुझाव पनि दिएका छन् ।

भट्टराईले उक्त घटनाबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लव समूहलाई सच्चिन आग्रह गरेका छन् । व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरुलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ , भट्टराईले लेखेका छन् चन्द समूहले गलत निित त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।

शिक्षकको हत्या प्रकरणबारे विप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीको सुराकी गरेकाले हत्या गरिएको जिकिर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्