
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्।
संक्षिप्त कुरा गर्दै प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवाद समाधान गर्न आफुले प्रयास मात्रै गरेको बताए।
‘मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन । त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन । उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, ‘उनले स्पष्ट पार्दै भने, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ । मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन ।’
आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए।





