ट्राफिक प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा एक युवक पक्राउ



काठमाडौँ । ट्राफिक प्रहरी हवल्दार शंकर बम सन्यासीलाई घुस दिन खोज्ने मिनिट्रकका चालक रोल्पा बस्ने २३ वर्षीय खोले पुनमगर पक्राउ परेका छन् ।

कलंकी, खसि बजार स्थित सडक खण्डमा डियुटीमा खटिएका प्रहरीलाई २५० रुपैयाँ दिन खोज्दा पुनमगर बिहीबार दिउँसो पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी ट्राफिक प्रभाग कलंकीको टोलीले उनको ना २ ख २८६८ नम्बरको गाडी एकतर्फी बाटोमा सो विपरीत चलाएपछि पुनमगरले २५० रुपैयाँ दिन खोजेका थिए ।

प्रतिक्रिया दिनुहोस्