डा.भट्टराईले भने : ‘बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं’



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारूढ नेकपाका केन्द्रीय सदस्य एवं पूर्वराजदूत कमानसिंह लामाले जीवनको अन्तिम क्षणमा व्यक्त गरेको पीडालाई गम्भीर ढंगले लिनुपर्ने बताएका छन्।

मृत्युको केही दिनअघि अस्पतालको शय्याबाट लामाले पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेको पत्रलाई पूर्वप्रधानमन्त्री भट्टराईले आदर्श र मूल्यरमान्यताको राजनीति गर्ने सबैलाई गम्भीर ढंगले लिन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘बाहिर आदर्शका कुरा र भित्री ढोंगी जीवन जिउनेहरूलाई सबैले चिनौं !’ कोरोना संक्रमणका कारण ६९ वर्षीय लामाको बुधबार राति ११ बजे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

प्रेसर, सुगर, मिर्गौलासम्बन्धी समस्याले समेत पीडित लामाले केही दिनअघि अस्पतालमा छटपटाइरहेका बेला पत्नीलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा निकै पीडादायी पत्र लेखेको पाइएको हो।

प्रतिक्रिया दिनुहोस्