
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । आगामी मंसिर २८ गते आइतबार ९ बजे परिषदको बैठक बोलाइएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।
बैठकमा संवैधानिक नियुक्तिको कार्यसूची रहने स्रोतले बतायो। सत्तारूढ दलभित्रै र प्रमुख प्रतिपक्षी दलसँग पनि भागबन्डा नमिल्दा झण्डै ४ दर्जन पद रिक्त छन् । संवैधानिक आयोगहरूले पूर्णता पाउन सकेका छैनन् ।
राष्ट्रिय मानवअधिकार आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख सहित चार र दुई सदस्य खाली छन् । निर्वाचन आयोगमा दुई आयुक्त खाली छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पनि सदस्यहरू रिक्त छन् ।





