कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैन : महामन्त्री कोइराला



चितवन । नेपाली कांग्रेसका महामन्त्री डा‍.शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ बिहीबार कुरा गर्दै डा.कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे ।

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, “मंसिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुपर्‍यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुपर्‍यो ।”

प्रतिक्रिया दिनुहोस्