सकियो कांग्रेसको पदाधिकारी बैठक, सरकारविरूद्ध प्रदर्शनमा केन्द्रीय नेता खटिने



काठमाडौं । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठक सकिएको छ । मंसिर २९ गते ७७ जिल्लामा सरकारविरूद्ध प्रदर्शन गर्न लागेको कांग्रेसले उक्त प्रदर्शनको रणनीति तय गर्न आज पदाधिकारी बैठक राखेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा जिल्लाहरूमा हुने प्रदर्शनमा केन्द्रीय सदस्यहरू परिचालन गर्न सकिने विषयमा छलफल भएको थियो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जिल्ला तोकेर केन्द्रीय सदस्यलाई नखटाए पनि जिल्लाहरूमा केन्द्रीय सदस्य जान सक्ने कुरा बैठकमा भएको जानकारी दिए ।

‘केन्द्रीय सदस्यहरू आफूलाई पायक पर्ने जिल्लाका प्रदर्शनमा सहभागी हुन जान सक्नुहुन्छ,’ उनले भने । भ्रष्टाचार बढेकोलगायत विषयमा सरकारविरूद्ध कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्