
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गरेको छ ।
कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कारबाही गर्न माग गरेको छ ।
बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ ।
व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।





