
काठमाडौं । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ललितपुरबाट एक युवा पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-८ लुभु टाउन प्लानिङका २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
श्रीकृष्णले ती किशोरीलाई ललाइफकाइ गरी पटकपटक जबरजस्ती करणी गरेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । ती किशोरीको स्वास्थ्य परीक्षण गर्न अस्पताल पठाइएको छ, भने पक्राउ परेका युवालाई हिरासतमा लिई अनुसन्धान थालिएको परिसरले जनाएको छ ।





