
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ‘स्टिङ अपरेसन’ विवादबारे परेको रिटको निर्णय माघ ८ गते सुनाउने भएको छ।
बुधबारको बहसपछि संवैधानिक इजलासले निर्णय सुनाउन माघ ८ गते वादी(प्रतिवादीलाई बोलाएको हो।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘संवैधानिक इजलासमा बुधबार बहस सकिएको छ, निर्णय सुनाउनका लागि माघ ८ गते समय तोकिएको छ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा हेरिरहेको छ।
यसमा रिट निवेदकका कानुन व्यवसायीले आफ्नो बहस यसअघि नै सकेका थिए। विपक्षी वकिलहरूको बहस बुधबार सकिएपछि इजलास निर्णय सुनाउने निर्णयमा पुगेको पोखरेलले बताए।





