नेपाली जनताले छिट्टै कोरोना भ्याक्सिन पाउँछन् : सञ्चारमन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको भ्याक्सिन नेपालमा ल्याउनका लागि सरकारले पहल गरिरहेको बताएका छन् ।

७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ कार्यक्रममा बोल्दै उनले नेपाली जनताले छिट्टै भ्याक्सिन पाउन सक्ने दाबी गरे।

कोभिड १९ को उपचारका लागि भ्याक्सिनको आविष्कार भएको उल्लेख गर्दै त्यसको उपभोग नेपाली जनताले पनि छिट्टै पाउने गरी आवश्यक व्यवस्था मिलाउन सरकार लागि परेको छ मन्त्री गुरुङले भने ।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्ने काममा सबै एकताबद्ध हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्