नेपालमा सोचेजस्तो विकास हुन सकेन : माधव नेपाल



काठमाडौं । नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा सोचजस्तो विकास हुन नसक्नुको कारण पहिल्याउनुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित नवप्रद्धधन प्रस्ताव आह्वान समुद्घाटन समारोहमा बोल्दै नेता नेपालले नेपालमा विकासका धेरै प्रयास भए पनि सोचजस्तो प्रगति हुन नसकेको भन्दे कारण पहिल्याउनुपर्ने बताएका हुन ।

नेता नेपालले यथार्थपरक र बस्तुवादी अभ्यासलाई अवलम्बन गर्दै अघि बढ्नुपर्ने बेला आएको धारणा राखे । अझै पनि नेपाली समाजमा सामाजिक भेदभाव र गरिवी कायमै रहेको भन्दै नेता नेपाललाई सामाजिक सास्कृति, शैक्षिक र आर्थिक रुपमा पछि परेका समूलायलर्य राज्यले प्राथमिकतामा राख्नुपार्नेमा जोड दिए ।

उद्यमी बन्न चाहने युवाका लागि वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले संयुक्त रूपमा नवप्रवद्र्धन प्रस्ताव आह्वान गर्ने कार्यक्रमको सुरुवात गरेको हो।

प्रतिक्रिया दिनुहोस्