
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने संकल्पलाई द्दढताका साथ लागू गरेको बताएका छन् । बुधबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार बहुआयामिक विषय भएकाले सामाजिक रुपमा नै यसको निन्दा र भत्र्सना आवश्यक रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, हामी सवैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुँदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भत्र्सना गर्नु जरुरी हुन्छ ।
भ्रष्टाचारलाई आर्थिक अपराधका रुपमा मात्रै हेर्न नहुने पनि प्रधानमन्त्री ओलीले बताएका छन् । उनले भ्रष्टाचारले यसले सामाजिक मूल्य मान्यताहरु उपर सिधा प्रहार गर्ने, प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्ने बताएका छन् ।





