शिखर सम्मेलन चाँडो आयोजना गरेर सार्क प्रक्रियालाई ताजा गति दिन्छौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क प्रक्रियालाई ताज गति दिनको लागि शिखर सम्मेलन शीघ्र गर्नुपर्नेमा जोड दिएका छन् ।

३६ औं सार्क चार्टर डे को उपलक्ष्यमा भएका एक शुभकामना दिँदै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवद्र्धन गरेको समेत बताएका छन् ।

ओलीले भनेका छन्, शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतामा आशा जनतामा आशा जगाउन र अगाडी बढ्ने तयार पार्न सकिन्छ ।

उनले अब अगाडी बढ्नका लाग राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता हित ठोस कार्यको आवश्यकता रहेकोमा समेत जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्