

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बैठक तीन घण्टासम्म चलेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सकिएको जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेता उपस्थित थिए ।