विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर



नेपाल र चीनले आज भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै विश्वको सर्वोच्च शिखर सगरमाथको नयाँ उचाइ घोषणा गरेको छ । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ ।

सगरमाथाको उचाई यसअघि ८८४८ मिटरलाई मानिएको थियो । अर्थात् सगरमाथाको उचाई ८६ सेन्टिरमिटर बढेको बताइएको छ ।

मन्त्रिपरिषद्को हालै बसेको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको थियो । त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चीनका सरकारी टोली खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्