संघीय संसद दिवस मनाईदैं



काठमाडौं । संघीय संसद सचिवालयले संघीय संसद सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । संघीय संसद सचिवालय, संघिय संसद सेवा दिवस मुल समारोह समितिले विभिन्न कार्यक्रम आयोजना गरी १४ औं संघीय संसद सेवा दिवस २०७७ मनाउन लागेको हो ।

२०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बीचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाईको थिएन । सोही दिवस मनाउने क्रममा संघीय संसद सचिवालयले रक्तदान, वक्तित्वकला लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्