बिप्लव नेकपाका २ कार्यकर्ता पक्राउ



काठमाडौं । बिप्लव नेकपाका भातृसंगठन युवा संगठन नेपाल रुकुम पश्चिमका उपाअध्यक्ष क बिकल्प र कोषाध्यक्ष क.शिब भनिने २ जनालाई हिजो मात्र प्रहरीले गिरफ्तार गरेको हो ।

रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय बाट खटिएको टोलीले केन्द्रिय कारागारमा बन्दि जीवन बिताई रहेका सानो भेरी गाउँपालिका वडा नं ४ का रिबन केसीको घरबाट उनिहरु गिरफ्तारमा परेका हुन ।

आस्थाका हिसाबले हाम्रा साथीहरु भेटघाट गर्न गएका बेला उनिहरुलाई प्रहरीले गिरफ्तार गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहराले परिवर्तन खबरलाई जानकारी दिएका छन् ।

आज बिप्लव नेकपाका रुकुम जिल्ला सेक्रेटरी मन्जिल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी (क्रान्तिकारी)ले एक बिज्ञप्ती निकाल्दै दलाल सामन्ती राज्य सत्ताले झुट्ठा मुद्धा लगाउने काम राज्यले गरेकोले आफू र आफ्नो पार्टीको तर्फवाट घोर भर्सना गर्दछौं भनि विज्ञप्तिमा जनाएको छ ।

बिकल्प र शिब भनिने दुबैजना बिप्लवका थुप्रै गतिविधीमा संलग्न भएका कारण उनिहरुलाई गिरफ्तार गरिएको एक प्रहरी अधिकारीले बताएका छन । तत्काल उनिहरुलाई म्याद थप गरेर कानुनी प्रक्रिया अगाडी बढाईने प्रहरीले जानकारी दिएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्