बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु



काठमाडौं । मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । आजको बैठकले सरकारको नीतिगत निर्णयहरु गर्ने बुझिएको छ ।

यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक पूर्व मन्त्रिपरिषद बैठक डाकिएको हो। सर्वदलीय बैठक बिहान ११ बजे बालुवाटारमा हुने भएको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुनुका साथै सडकमा गणतन्त्रविरोधी गतिविधि बढेपछिको अवस्थाबारे छलफल हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्