नेपालमा पतिको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि साईप्रसमा रहेकी पत्नीले गरिन् आत्महत्या



साईप्रसको लार्नाका सहरमा बस्दै आएकी २३ बर्षीया नेपाली युवतीले गत आइतबार आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकाका घर भई हाल साईप्रसमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी शुक्री तामाङले आत्महत्या गरेकी हुन् ।

मृतक तामाङ वैवाहिक सम्बन्धमा बाँधिएको एक वर्ष नपुग्दै साइईप्रसमा आएकी थिइन् । श्रीमान् सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । आइतबार दुर्घटनामा श्रीमान्को मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक तामाङले टिकटकमा श्रीमान्को दुर्घटनाको भिडियो पोष्ट गर्दै आफ्ना आमा, बुबा, सासू र ससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटु’ सँगै जान लागेको उल्लेख गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्