नेपाल नगरपालिका संघको सातौं भर्चुअल साधारण सभा हुँदै



काठमाडौं । नेपाल नगरपालिका संघ संपूर्ण महानगर/उपमहानगर र नगरपालिकाहरुको प्रतिनिधिमूलक संस्थाको रुपमा बि.सं. २०५० सालमा स्थापना भै नगरपालिकाहरुका साझा मुद्दा र हकहितको वकालती र पैरवी गर्ने संस्थाको रुपमा आफ्नो स्थापनाकाल देखि नै निरन्तर रुपमा नगरपालिकाहरुको क्षमता अभिबृद्धि, साझा सवालमा वहस पैरवी गर्दै २८ औं बर्षमा प्रवेश गरेको छ ।

२०७३ सालमा स्थानीय तहको निर्वाचन भएपश्चात् बिधानतः संघको नयाँ कार्यसमिति निर्वाचन गर्नु पर्ने प्रावधान अनुसार २९३ नगरपालिकाका नगर प्रमुख र उप–प्रमुखहरुको सहभागितामा २०७५ भाद्र १२, १३ र १४ गते काठमाडौंमा सम्पन्न संघको छैठौं राष्ट्रिय अधिबेशन सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भई ५० सदस्य कार्य समिति चयन गरिएको छ ।

साथै संघीय मन्त्रीपरिषद्को बैठकले बिधान पारित गरिसकेको र सो को अनुमोदन लगायत अन्य एजेण्डामा छलफल गर्न नियमित साधारण सभा गर्नु पर्ने समय भएको हुँदा वर्तमान विषम परिस्थितिमा संघले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा भर्चुअल विशेष संबोधन सहित सम्पूर्ण महानगर/उपमहानगर र नगरपालिका एवं विभिन्न मन्त्रालय, संघ संस्था र दातृ निकायहरुको उपस्थितिमा सातौं भर्चुअल साधारण सभा गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्