प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । भोलि (मंगलबार) बिहान ११ बजे बैठक बोलाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ ।

समसामयिक विषयमा छलफल गर्न र्संदलीय बैठक बोलाएको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए ।

नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको वैशाख ३१ मा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई प्रधानमन्त्रीले छलफलका लागि बोलाएका थिए । त्यस यता भने सर्वदलीय बैठक हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्