‘युरोपियन युनियनले जारी गरेको पछिल्लो स्टेटमेन्टले उत्साहित बनायो’ : मन्त्री भट्टराई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत दिएको भन्दै खुसी व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन विदसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताए ।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनरसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको छ । संसदबाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले पछिल्लो पटक सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्