
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री ओलीले केही दिनमै सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।





