
अभिनेत्री स्वेता खड्का आज धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्दैछिन् । स्वेताले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै फ्यानलाई यसबारे जानकारी दिएकी थिइन् ।
यस्तै स्वेताले हिजोमात्र निकै रमाइलोसँग आफ्नो मेहेन्दी सेरोमनी मनाइन् । मेहेन्दी सेरोमनीमा स्वेता निकै राम्री देखिएकी छिन् । स्वेतासँगै विजयेन्द्रले पनि मेहेन्दी सेरोमनी निकै रमाइलोसँग मनाएको देखिन्छ ।
विजयेन्द्रको तस्वीर यसअगाडि सार्वजनिक भएको थिएन । केही मिडियामा स्वेताले दशैंमा टिका लगाउँदा विजयेन्द्रसँग खिचेको एउटा तस्वीर मात्र सार्वजनिक भैरहेको थियो । तर, मेहेन्दी सेरेमोनीपछि विजयेन्द्र र स्वेताको तस्वीर सार्वजनिक गरिएको हो ।










