पेट्ररोलियम पदार्थको आयात रोकिए पनि ऊर्जा संकट हुँदैन : मन्त्री पुन



काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले सबै प्रकारका अप्ठ्यारोमा समेत ऊर्जा संकट नआउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

नाकाबन्दीका समयमा डिजेल पेट्ररोलको आयात ठप्प हुँदा नेपालीले सास्ती व्यहोर्नुपरेको स्मरण गर्दै मन्त्री पुनले पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले आगामी दिनमा पेट्ररोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने उल्लेख गरे ।

सरकारले ऊर्जा दशक (२०७५/२०८५) कार्यक्रम कार्यान्वयन गरिरहेको भन्दै उनले १० वर्षमा १५ हजार मेगावट विद्युत उत्पादन हुने बताए । १० हजार मेगावटले आन्तरिक माग धान्ने र बाँकी ५ हजार मेगावट क्षेत्रीय बजारमा बिक्री गर्ने मन्त्री पुनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्