नेकपा स्थायी कमिटी बैठक सुरु



काठमाडौं । आन्तरिक विवादका विषयमा छलफल गर्न डाकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ। बैठकअघि शीर्ष नेताबीच अनौपचारिक छलफल हुन सक्ने भनिए पनि कुनै सहमति र पूर्वतयारीविना सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएको बताइएको छ । कोरोनाको संक्रमण उच्च भएको भन्दै प्रधानमन्त्री ओली बैठकमा उपस्थित नभएका हुन् ।

प्रतिक्रिया दिनुहोस्