नेकपा बैठक सुरु हुन ढिलाइ, प्रचण्डसहितका अरु नेताहरु पुगे ओली पुगेनन्



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुन ढिलाइ भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्डसहितका अरु नेताहरु पुगे पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली अझै पुगेका छैनन् ।

ओली बैठकमा नपुगेकै कारण बैठक सुरु हुन ढिलाई भएको बताइएको छ । ओली बैकका विपक्षमा रहेकाले उनी सहभागी हुनेनहुने केही टुंगो लागेको छैन ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्र्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्