
काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान पौने १ बजे मध्यपुर ठिमी नगरापालिका ३ कौशलटारमा कार पल्टिएको हो ।
भक्तपुरबाट काठमाडौं जाँदै गरेको बा ८ च ४७५६ नम्बरको कार अनियन्त्रित भइ सडकको रेलिङमा ठक्किएर पल्टिएको हो । कार पल्टिएर विपरिततिरको लेनमा पुगेका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।
कौशलटारको प्रवीण पेट्रोल पम्पमा कार दुर्घटना भएको भन्ने खबर मनाहनगरीय प्रहरी कार्यालय रानीपोखरीले पाएको थियो । तत्कालै महानगरीय प्रहरी वृत्त, ठिमीबाट खटिएको टोलीले सडक किनारमा ३० वर्षीया महिला अचेत अवस्थाम फेला परेको थियो ।
प्रहरीले उनलाई मध्यपुर ठिमी अस्पताल पुर्याएको थियो। तर चिकित्सकहरूले अस्पताल पुग्दा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
मृत्यु हुने काठमाडौं-४ धुम्बाराही पिपलबोटकी ३० वर्षीया रिया श्रेष्ठ हुन्। प्रहरीका अनुसार कारमा रियासहित चार जना सवार थिए।
लोकन्थीका कार चालक २६ वर्षीय रञ्जित कार्की, राधेराधेका २६ वर्षीय विजय देउजा र सुर्यविनायक नगर-४ गाम्चाका २७ वर्षीय सुदीप थापा कारमा सवार थिए।





