डा. भट्टराईद्वारा कपनको समग्र विकास निर्माण अबलोकन : नगर प्रमुख भन्छन् ‘मापदण्ड बिपरित निर्माण गरिएका घर टहरा चाँडै हटाईन्छ ’



प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफ्नो चुनाबी क्षेत्र अन्तर्गत बूढानीलकण्ठ नगरपालिकाको वडा नं. १० भित्र नगरपालिका र आफ्नो पहलमा निर्माणाधीन सडक, विधालय, हस्पिटल , पुल, खानेपानी, ढल, मठ-मन्दिर, केही सार्वजनिक जग्गा बिवादमा आज अवलोकन, निरिक्षण तथा परामर्श गरेका छन ।

बिहान ८ बजे देखि कपनको आकासे धारावाट शुरु गरेको अबलोकन तथा निरिक्षण कपनका विभिन्न ठाउँ हुँदै बालउद्दार माध्यमिक विधालयमा गएर समापन गरेका थिए ।

पैदलयात्रा गरेर नै शुरु गरिएको अवलोकन भ्रमणमा डा. भट्टराईकै सहयोगमा निर्माणाधिन कपन बहुमुखी क्याम्पसको निर्माणकार्य अबलोकन गरेका थिए । अबलोकनकै क्रममा निर्माण कार्य ढिलै भएपनि मजबुत र बलियो गरेर निर्माण गर्न ठेकेदार र क्याम्पस प्रशासनलाई सुझाब दिएका थिए ।

त्यसैगगरी मेलम्ची खानेपानी परियोजना विस्तारको क्रममा कपनको विभिन्न स्थानमा भएको सडक खन्नेकाम र खडक खन्दा सवारी आवागमनमा आईपरेका चुनौतिहरुलाई जतिसक्दो चाँडो निर्माण कार्य सम्पन्न गरि सवारी आवागमन र स्थानीयलाई धुलोमुक्त बनाउन आफू र आफ्नो पार्टी लागि परेको भन्दै स्थानीयबासीलाई बिस्वस्त पारेका थिए ।

कपनका धेरै ठाउँमा स्थानीय सडक अबलोकनकै क्रममा निर्माणाधिन बागमती करिडोर र त्यसका विभिन्न ठाउँमा बन्दै गरेका पुलहरुमा रहेका बिजुलीका तारहरुले निर्माणकार्य ढिला सुस्तीभएको जनगुनासो आए सँगै बूढानीलकण्ठ नगरप्रमुख उद्दव खरेललाई तत्काल समस्या समाधान गर्न पहल गर्न निर्देशन दिएका छन ।

करिडोर निर्माणकै क्रममा स्थानीयबासीहरुले सरकारका मापदण्ड बिपरित निर्माण गरिएको घर, टहरा तथा जग्गाहरु आफू र नगरप्रमुखसँग समन्वयन गरेर ती मापदण्ड बिपरित बनाईएका घर टहराहरु तत्काल हटाएर निर्माण कार्यलाई छिटो छरितो बनाउन सहयोग गर्न स्थानीयबासीलाई डा. भट्टराईले अनुरोध समेत गरेका छन ।

मिचेर बनाएका भौतिक संरचना र मिचेका १३ वटै वडाका सबै सार्वजनिक जग्गाहरु नगरपालिकाले एकैपटक नगर मातहतमा ल्याउने र त्यसका लागि प्रक्रियागत ढंगले बढाईएको नगर प्रमुख खरेलले यात्राका क्रममा बताएका छन ।

डा. भट्टराईलाई अध्ययन अबलोकन गर्दै गर्दा आईपुगेका नगर प्रमुखले कपनमा निर्माणाधिन नगर अस्पताल देखाउनै आफु र आफ्ना मातहतका सबै स्थानिय जनप्रतिनिधीहरु र कर्मचारीहरु लागेर अबको केही महिनामै अस्पताल निर्माण गर्न भनी लागिपरेको समेत डा भट्टराईलाई खरेलले जानकारी गराएका थिए । आकस्मिक रुपमा कोभिड १९ अर्थात कोरोना भाइरसका बिरामीका लागि १५ दिनमा तयार पारिएको आकस्मिक अस्पतालको समेत अबलोकन गरेका थिए ।

डा. भट्टराईलाई अबलोकनकै क्रममा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल, प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटा, नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) नगर कमिटीका अध्यक्ष रबिन अधिकारी , १० नं वडा अध्यक्ष नबराज भट्टराई, शिव बजगाई , जगत निरौला लगाएत थुप्रै नेता कार्यकर्ताहरुले डा. भट्टराईलाई भ्रमणमा निरीक्षणमा साथ दिएका थिए ।

डा. भट्टराई अन्त्यमा कपनकै बाल उद्दार माध्यमिक विधालय गएर विधालयको भौतिक पुर्वाधार र अन्य बिषयमा जानकारी सहित समसमायिक बिषयमा छलफल पछि कार्यक्रम समापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्