राजतन्त्रको माग गर्दै हेटौंडामा राप्रपाको प्रदर्शन



हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शन गरेको छ ।

पार्टी कार्यालय सानोपोखराबाट मोटरसाइकल र्‍यालीले ‘राजतन्त्र पुनर्स्थापना गर’, ‘हिन्दु राष्ट्र कायम गर’लगायत नारा लगाउँदै बजार परिक्रम गरेको थियो ।

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्