थापाथली क्याम्पसमा प्रचण्ड नेपाल पक्षीय युवा विद्यार्थीको भेला



काठमाडौं । नेकपाभित्रको विवाद तीव्र भइरहेका बेला त्यसको असर तलसम्म पर्न थालेको छ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल पक्षधर युवा-विद्यार्थीले शुक्रबार राजधानीमा छुट्टै भेला गरेका छन्।

थापाथली क्याम्पसमा बागमती युवा विद्यार्थीको भेला भइरहेको श्रोतले बतायो।

श्रोतका अनुसार भेलामा नेकपा बागमती प्रदेश इन्चार्ज एवम् स्थायी कमिटी सदस्य अष्ट लक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल लगायत उपस्थित छन्।

पछिल्लो समय नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र उनीइतर समूहबीचको विवाद चुलिएको छ।

प्रतिक्रिया दिनुहोस्