उदयपुरको सौर्य सिमेन्ट खानीमा ४ वटा बम विष्फोट, ५ घाइते



काठमाडौं । उदयपुरको कटारीस्थित सौर्य सिमेन्टको चुनढुंगा खानीमा बिहीबार राति अज्ञात समूहले ४ वटा शक्तिशाली बम विष्फोट गराएको छ । कटारी नगरपालिका ८ मर्जेतपुरस्थित खानीमा भएको विष्फोटले खानीकै ५ जना मजदुर घाईते भएका छन् । एउटा स्काभेटर र मोटरसाईकल ध्वष्त भएको छ ।

मध्येराति ठूलठूला आवाजका साथ विष्फोट हुँदा मजदुरहरु दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

घट्नाबारे विस्तृत जानकारी आईनसकेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय कटारीको टोली शुक्रबार विहान घटनास्थलतर्फ गएर विस्तृत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्