अस्पतालबाट भागेका सम्झनाका हत्या आरोपी राजेन्द्र १० घण्टापछि पक्राउ



काठमाडौं । सम्झना कामीको बलात्कार हत्या आरोपी राजेन्द बोहरालाई सुरक्षा घेरा तोडेर भागेको करिब १० घण्टापछि प्रहरीले पक्रेको छ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झनाको बलात्कारपछि हत्या गरेको आरोपमा बोहरालाई पुर्पक्षका लागि डोटी स्थित बालसुधार गृहमा राखिएको थियो ।

मंसिर ६ मा कोरोनाभाइरसको पीसीआर जाँच रिपोर्ट पोजेटिभ आएपछि उनलाई जिल्ला अस्पतालमा डोटीको आइसोलेशनमा भर्ना गरिएको थियो ।

गत राति १० बजेर ३५ मिनेटमा उनी झ्यालबाट भागेका थिए । तर, भागेको १० घण्टामा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए ।

हत्या आरोपी राजेन्द्र बोहरालाई डोटीको पुर्वीचौकी गाउँपलिका १ बाट पक्राउ गरेका छौं प्रहरी वरिष्ठ उपरीक्षक सि.हले भने घटनाबारे थप अनुसन्धान हुँदैछ ।

३ प्रहरी निलम्बनमा

राजेन्द्र बोहराको सुरक्षामा खटिएका ३ जना प्रहरीलाई निलम्बन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय डोटीलाई निर्देशन दिएको छ । बोहराको सुरक्षाका लागी अस्पतालमा खटिएका एकजना हवल्दार र दुईजना जवानलाई निलम्बन गरेर घटना छानविन गरिने प्रहरी बरिष्ठ उपरीक्षक सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्