
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नाविरुद्ध अनर्गल दुष्प्रचार भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
आफ्नाविरुद्ध गलत हल्ला फैलाउनेलाई उनले विन्सटन चर्चिलको शब्दमा जवाफ दिएका हुन् ।
‘जानेर नजानेर उक्साहटमा मेराविरुद्ध अनर्गल दुष्प्रचार गर्नेहरुलाई विन्सटन चर्चिलको शब्द सापटी लिएर म भन्छु मानवजातिको उन्नयनको निर्दिष्ट लक्ष्यमा पुग्न हिँडेको म यौटा यात्री प्रत्येक भुक्ने कुकुरलाई ढुंगा हान्न थाले भने आफ्नो लक्ष्यमा पुग्न सक्दिन सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन् । ती भुक्ने कुकुरहरुको भलो होस् !





