कांग्रेस नेता पौडेल पक्राउ परेको विरोध जनाउँदै नेपाल विद्यार्थी संघद्धारा गोरखामा प्रदर्शन



काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति विरोध जनाउँदै तरुण दल र नेपाल विद्यार्थी संघ गोरखाले आज सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।

सदरमुकामको हरमटारी चोकमा केही बेर सडक अवरुद्ध गरेर कांग्रेस नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । वसपार्क देखि नाराबाजी ¥याली सहित बिरोधमा उत्रिएका कांग्रेसका भातृ संस्थाका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना गरेका थिए ।

तरुण दल गोरखाका कार्यवाहक अध्यक्ष काजी गुरुङले वरिष्ठ नेतालाई पुल उद्घाटनमा जाँदा पक्राउ गर्नु ज्यादती भएको बताउँदै त्यसको बिरोधमा तरुणदलले देशब्यापी प्रर्दशन गरेको बताए।

प्रतिक्रिया दिनुहोस्