बौद्धमा आमासहित १ महिनाकी छोरी मृत अवस्थामा फेला, श्रीमान् अचेत



गोकर्णेश्वर नगपालिका–२ नयाँपाटीमा बस्दै आएकी २७ बर्षिया पेम्बी शेर्पा एक महिनाकी छोरीसहित मृत फेला परेकी छिन् ।

सिन्धुपाल्चोक जगल गाउँपालिका घर भएकी शेर्पाकी ३२ बर्षिय श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत बौद्धका डीएसपीले बताएका छन् ।

दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ । राती सुत्दा हिटर बालेर सुतेको हुदाँ निस्सासिएर उनीहरुको मृत्यु हुनसक्ने आशंका गरिएको छ । तर मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन । दोर्जेको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको कार्कीले बताए । राती सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशका गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बस्दै आएको घरमा किराना पसल सञ्चालन राखेका थिए । बिहान घरबेटी सामान लिन जादा समेत अबेरसम्म नउठेपछि बोलाउदा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फोडेर हेर्दा आमाछोरी मृत अवस्थामा र श्रीमान छट्पटाइरहेको अवस्थामा फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्