पुलिसको डण्डाले पेलिएका मेरा करङको दुखाई बढ्दैछन् : रामचन्द्र पौडेल



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् ।

पौडेललाई बुधबार पुल उद्घाटन गर्न जाँदै गर्दा तनहुँ प्रहरीले नियन्त्रणमा लिई तीन घण्टापछि छाडेको थियो ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले भने, ‘हिजोभन्दा आज दुखाइ बढी छ।’

उनले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको उल्लेख गरेका छन् ।
सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन, उनले भने असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।

प्रतिक्रिया दिनुहोस्