रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गछौं : सभापति देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहाइ गर्न माग गरेका छन् । तनहुँ प्रशासनले बुधबार पुल उद्घाटन गर्न जाँदा पौडेललाई नियन्त्रणमा लिएको थियो ।

निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रशासनले पौडेललाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ।

सभापति देउवाले बुधबार अपरान्ह विज्ञप्ति निकालेर ‘नेता पौडेलप्रतिको दुर्व्यवहार र गिरफ्तारी सर्वसत्तावादको संकेत’ भनेका छन्।

घटना आपत्तिजनक रहेको उल्लेख गर्दै देउवाले सरकारको प्रवृत्तिविरूद्ध देशव्यापी प्रतिरोध गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्