इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर (करार) पर्वत पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

अदुवाबारी खानेपानी योजनाको अन्तिम बजेट निकासा र निर्माण सम्पन्न घरको घर निर्माण स्थायी इजाजत पत्र दिएबापत ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा उनीविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार इन्जिनियर पौडेलले उक्त रकम होटल व्यवसायी नारायणप्रसाद भट्टमार्फत लिन लगाएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले दुवै जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्