अन्तत : नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित, स्थायी कमिटी बैठक पनि सर्‍यो



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकमा अन्ततः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । जसका कारण बैठक केही बेर बसेर स्थगित भएको छ ।

अब अर्को बैठक मंसिर २० गते २ बजे बस्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लााहकार सूर्य थाापाले जानकारी दिएका छन्। पहिले दिउँसो १ बजेका लागि तय गरिएको बैठक नेकपा महासचिव विष्णु पौडेलको कार्य व्यस्तताका कारण २ बजे राखिएको थियो।

सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्