निलम्बनमा परे मध्यराति सम्पर्कविहीन भएका डीएसपी चौधरी



काठमाडौं । गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक डिएसपी भरतराज चौधरीलाई निलम्बन गरेको छ ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेश सिंहका अनुसा उनलाई मन्त्रालयले मंसिर १२ गते गत शुक्रबार देखि लागू हुने गरी निलम्बन गरेको हो ।

प्रहरी आचरणविपरीत काम गरेको भन्दे उनलाई निलम्बन गरिएको छ उनले भने । डिएसपी चौधरी मंसिर ९ गते राति सम्पर्कविहीन भएका थिए । उनी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक डिएसपी प्रतीक विष्टको नेतुत्वको टोली खटाएको थियो ।

अर्को दिन बिहान उनी आफैं सम्पर्कमा आएका थिए । उनीमाथि छानविन गर्न प्रदेशका प्रहरी उपरीक्षक दीलिपसिंह देउवाको नेतुत्वका छानविन समिती गठन भएको छ । उक्त समितिमा चार जना सदस्यहरु रहेको एसएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्