सुरु भयो बालुवाटारमा नेकपा सचिवालय बैठक



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बैठक सुरु भएको जानकरी दिए । बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीपनि सहभागी हुने भएका छन् । बैठक सुरु भएपनि उनी अरु नेता भन्दा केही ढिलागरी बैठकमा सहभागी हुने बताइएको छ ।

यसअघि बैठकको औचित्य नभएको भन्दै छलफलमा सहभागी नहुने अडान लिएका ओली बालुवाटारमा भएको आफूपक्षीय नेताहरुको छलफलपछि भने बैठकमा सहभागी हुने भएका हुन् । उनी बैठकमा सहभागी हुन सहमत भएसँगै उनको चाहनाअनुसार बैठक केहीबेर पर सारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्