सागर श्रेष्ठको अध्यक्षतामा चुनिदेवी मन्दिरको पुनः निर्माण समिति गठन



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडानम्बर-१३ अवस्थित चुनिखेल एक पुरानो नेवारी बस्ती हो जसको नामाकरण पनि चुनिदेबि मन्दिरबाट रहन गएको भनि तथ्यहरु रहेको पाईन्छ यहाँका स्थानिय बासीहरु बताउँछन् ।

यस बुढानिकलकण्ठ नगरपालिका स्थित वडा नम्बर १३ को चुनिखेल को धर्म,सस्कृती र सम्पदा, कला र पहिचान बोकेको ऐतिहासिक मन्दिर चुनिदेबि मन्दिर बिगत २०७० सालको भुकम्प बाट क्षति भएको थियो र यो वर्ष को वर्षाका कारण जिर्ण हुँदै गएको अवस्था थियो ।

(निर्माण हुने उपलब्ध गराएको मन्दिरको डिजाइन)

यस बु.न.पा १३ का वडा अध्यक्ष श्री कृष्ण श्रेष्ठ को बिशेष पहल मा बिभिन्न चरणको छलफल पछी आज पुनर्निर्माणले मुर्तरुप लिएको छ ।

नेपाल पुरात्त्व विभाग बाट मौलिक कलात्मक शैलीमा निर्माण हुने भनिएको मन्दिर पुर्ननिर्माणमा जसको लागत करिब १६५००००० (एक करोड पैसाठी लाख) लाग्ने अनुमान गरिएको छ र अब छिट्टै नै निर्माण गर्न काम पनि शुरु हुने भएको छ।

यस मन्दिरको पुर्ननिमार्ण समितिको गठन गरिएको छ भने २१ जनाको सदस्यीय समितिको गठन भएको छ जसमा श्री सागर श्रेष्ठको अध्यक्षतामा सो पुनः निर्माण समिति गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस्