नेकपा सचिवालय बैठक १ बजे नबस्ने



काठमाडौं । प्रधानसमन्त्रीसहित नेताहरुको कार्यव्यस्तताका कारण नेकपा सचिवालयको अपरान्ह १ बजे निर्धारित बैठक निर्धारित समयमा नहुने भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा हिजो बसेको बैठकमा दुवै अध्यक्षका प्रस्तावमा छलफल भएको थियो । हिजोको उक्त बैठकले आज दिउँसो १ बजे बालुवाटारमै बैठक बस्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री सहित नेताहरुको कार्यव्यस्तता कारण केही समय ढिला भएपनि आजै बैठक बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्