नेता पौडेलले तनहुँमा पुल उद्घाटन गर्न लागेपछि युवा संघको प्रदर्शन र नाराबाजी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन, युवा संघका कार्यकर्ताले तनहुँमा मोटरसाइकल ¥यालीससिहत प्रदर्शन र नाराबाजी गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज बुल्दी पुल उद्घाटन गर्ने कार्यक्रम छ ।

पुल उद्घाटन कांग्रेस नेता पौडेलले गर्न नहुने भन्दै युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब अधा घण्टा मोटरसाइकल ¥यालीसहित प्रदर्शन र कोणसभा गरेका छन् ।

तत्कालीन जिविस अनर्गत प्राविधिक कार्यालयले यो पुल निर्माण गरेका थियो । व्यास नगरपालिका आयोजक भएर पुल उद्घाटन गर्ने तयारी गरिएपछि नेकपा र युवा संघले विरोध गरेका हुन् ।

मंगलबार वरिष्ठ नेता पौडेलले व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा व्यास १४ र ऋषिङ १ जोड्ने सुडेंको पुल उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्