विराट कोहलीले रचे इतिहास, तोडे सचिन तेन्दुलकरको रेकर्ड



सर्वाधिक चर्चित क्रिकेटर विराट कोहलीले इतिहास रचेका छन् । भारतीय कप्तान विराट कोहलीले अष्ट्रेलियाविरुद्धको तेस्रो र अन्तिम विराट कोहलीले रचे इतिहास, तोडे सचिन तेन्दुलकरको रेकर्ड

एकदिवसीय भिडन्तमा सबैभन्दा चाडो १२ हजार रन बनाएका छन् । यसअघि यो रेकर्ड सचिन देन्दुलकरको नाममा थियो ।

३२ वर्षीय कोहलीले २ सय ५१ औं खेलको २ सय ४२ औं इनिङ्ग्समा यो उपलब्धि हासिल गरे । जबकी, सचिनले ३ सय ९ म्याचको ३ सय इनिङग्स्मा १२ हजार रन पूरा गरेका थिए ।

एकदिवसीय खेलमा सर्वाधिक धेरै रन बनाउने कीर्तिमानबाट भने विराट अझै धेरै टाढा छन् । सचिनले आफ्नो एकदिवसीय करियरमा सर्वाधिक १८ हजार ४ सय २६ रन बटुुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्