मंसिर २७ गते जनमत पार्टीको केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । सिके राउत नेतुत्वको जनमत पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । मंसिर २७ गते शनिबार केन्द्रीय समिति बैठक बस्ने अध्यक्ष राउतले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

बैठकमा उपस्थित हुन जिल्लाबाट विवरणहरु पठाउनुपर्नेछ । मंसिर २४ गतेसम्म विवरण पठाइसक्न अध्यक्ष राउतले आग्रह गरेका छन् ।

सो बैठकको लागि तैयारी गर्न जिल्लामा भएका सम्पूर्ण अधिवेशनहरुको विवरण हाजिरी र निर्वाचित पदाधिकारीको विवरण सहित माइन्यूटको स्क्यान पठाउनु पर्ने तर नागरिकता प्रतिलिपी स्थानयि स्तरमै राख्ने र पठाउनुपर्ने कटेका सदस्यता ठेलीहरु कार्य प्रगति विवरण र जिल्ला समन्वय समितिको अद्यावधिक विवरण सबै संकलन गरी मंसीर २४ गते बुधबारसम्म अनिवार्य रुपमा पठाउन हुन अनुरोध छ । अध्यक्ष राउतले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्