फागुन ७ मै महाधिवेशन गर्न सम्भव हुन्छ : नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फागुन ७ मै महाधिवेशन गर्न सकिने बताएका छन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने हो भने पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै फागुन ७ देखि पार्टीको १४ औं महाधिवेशन गर्न सम्भव हुने पौडेलले बताए ।

‘क्रियाशील सदस्यताको सूची पाएको डेढ महिनाभित्र महाधिवेशन गर्न सकिन्छ,’ तनहुँमा बुधबार बिहान पत्रकारहरूसँग उनले भने, ‘तोकिएकै समयभित्र महाधिवेशन गरौं, पार्टीलाई संकटतर्फ जान दिन हुन्न।’

सभापति शेरबहादुर देउवाको कार्यकाल फागुनमा सकिँदैछ । त्यसपछि महाधिवेशन गर्ने हो भने कार्यकाल बढाउनुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसले संविधानको सहारा लिनुपर्ने हुन्छ ।

मंसिरभित्रै क्रियाशील सदस्यता टुंग्याउनुपर्ने नेता पौडेलले बताएका छन् । यसअघि बसेको कांग्रेस केन्द्रीय समितिले मंसिरभित्र क्रियाशील सदस्यता वितरण गरिसक्न जिल्ला कार्यसमितिहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्