कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित छ : मन्त्री ढकाल



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको स्वास्थ्यबारे जिम्मेवार रहेको बताएका छन् । योगी नरहरिनाथ प्राकृतक चिकित्सालयको आज निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोरोना महामारीबाट नागरीकलाई बचाउन प्राथमिकताका साथ काम भइरहेको छ भने ।

उनले भने, ‘महामारीबाट नागरिक बचाउन सके, विकास निर्माणपछि गरौँला । जनतालाई परेको समस्यामा तीनै तहका सरकार एकै ठाउँमा भएर सहयोगी बनेका छन् । आत्मबलले कोरोनासँग जित्न सकिन्छ ।’

कोरोनाका कारण मानवीय क्षति नहोस् भन्नेतर्फ सरकार केन्द्रित रहेको मन्त्री ढकालको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्